अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम


प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार

अष्ट्रेलियामा मङ्गलबार नयाँ मन्त्रपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गर्नु भएको हो ।

लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् ।

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बन्नु भएको थियो ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बन्नु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लीम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाउनु भएको हो ।

त्यसैगरी उपप्रधानमन्त्रीको जिम्मेबारी समेत पाउनु भएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नु हुनेछ भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

उहाँले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गर्नु भएको थियो । उहाँहरु सबैले मे २३ मा नै सपथ लिनु भएको थियो ।

मङ्गलबार मन्त्रीमा नियुक्त भएकालाई भने बुधबार सपथ खुवाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उहाँले एकल मन्त्रिपरिषद् गठन गर्नु भएको हो । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुऱ्याउन आवश्यक पर्ने ७६ सिट जितीसकेकाले उहाँले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ ।

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ बर्ष प्रतिपक्षमा रहेको थियो ।-सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com