न्युयोर्कको चर्चबाट सुनको धार्मिक महत्वको ऐतिहासिक र कलात्मक बहुमूल्य टेबरनेकल चोरी
प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार
न्युयोर्कको चर्चबाट सुनको बहुमूल्य धार्मिक महत्वको बस्तु चोरी भएको छ । झण्डै २ मिलियन डलर मूल्य बराबरको भगवानको निवासको प्रतिमा चोरी भएको जनाइएको छ ।
न्युयोर्क सिटीको बु्रकलिनमा रहेको सेन्ट अगस्टिन रोमन क्याथोलिक चर्चबाट उक्त सामाग्री चोरी भएको हो । बलपूर्वक निकालेर चोरी गर्नका लागि काट्ने उपकरणहरुको समेत प्रयोग भएको प्रहरीले जनाएको छ ।

बिहिबार साढे ६ बजेदेखि शनिबार ४ बजेको बीचमा चोरी भएको जनाइएको छ । यो प्रतिमा इजरायलका भगवानले पृथ्वीमा बस्दा प्रयोग गरेको सानो टेन्टका रुपमा रहेको थियो ।
उक्त सामाग्री सन् १८९० मा चर्च निर्माणकै बेलाको हो । तर ऐतिहासिक र कलात्मक मूल्यको कारण अपरिवर्तनीय रहेको छ । चोरीका क्रममा टेबरनेकल भित्र राखिएको पवित्र युकेरिष्टलाई पनि बेदीभर फ्याकिएको थियो ।
चोरीका क्रममा स्वर्गदूतको मूर्तिबाट टाउको समेत हटाइएको थियो । सुन्दर चर्चको सबैभन्दा पवित्र स्थानमा चोर प्रवेश गरेर सुरक्षा प्रणालीमा काटन सफल हुँदा ठूलो पीडा भएको र यो अनादरको जघन्य अपराध रहेको चर्चले बताएको छ ।






