बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी


प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ ।

आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मधेस प्रदेशको जनकपुरधाम र सिमरौनगढलगायतका धार्मिक, सांस्कृतिकस्थललाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गर्नुभएको हो ।

पर्यटन प्रवद्र्धन गरी आयस्तरलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको सरकारले आगामी आवभित्र थप १० लाख पर्यटन भित्र्याउने र त्यसका लागि दक्षिणी र उत्तरी सीमा क्षेत्रका सहरहरूमा पर्यटन मन्त्रालयमार्फत विशेष पर्यटन मेला तथा रोड शो सञ्चालन गरिने घोषणा गरेको छ । सरकारले बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना, वीरगञ्जको चिनी मिल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री शर्माले रुग्ण तथा बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, वीगरञ्ज चिनी उद्योग, हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको थियो । जनकपुर चुरोट कारखाना परिसर अहिले मधेस प्रदेश सरकारको मन्त्रालय र आवाससहित मधेस भवनमा परिणत भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै बाराको सिमरालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले बाराको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गर्नुभयो ।

महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले जयनगर–जनकपुर कर्था रेल सेवा विस्तार गरिने घोषणासमेत गर्नुभएको छ । आगामी आवभित्र जयनगर–जनकपुर कर्था रेल सेवालाई बर्दिबाससम्म विस्तार गरिने घोषणा गर्नुहुँदै उहाँले वीरगञ्ज–काठमाडौँसम्म रेल सेवाको सम्भाव्यता अध्ययन गरिने जानकारी दिनुभयो ।

सप्तरीको राजविराजमा चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सुपर स्पेशलिष्ट सेवामार्फत सुपर स्पेशलिष्ट सेवा उपलब्ध गराउने अस्पताल स्थापनाको काम अघि बढाउने घोषणा गर्दै राजविराजमा निर्माणाधीन रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गर्नुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको सरकारले तराई–मधेसका नदीहरूमा तटबन्धन निर्माण गरी नदीउकास जग्गामा वृक्षरोपण तथा बगरखेती गर्न प्रोत्साहित गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले नदीमा तटबन्धन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

यस्तै आगामी आव २०७९/८० मा सिरहाको मिर्चैयाबाट लुक्लासम्म सडकमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमलाबाट सप्तरीको कञ्चनपुरसम्मको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिने र आगामी आवमा कमला–ढल्केबर–पथलैयासम्म सडक स्तरोन्नतिको काम अघि बढाइनेछ ।

काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई आगामी तीन वर्षभित्र सकिने गरी कामलाई तीव्रता दिइने जानकारी दिनुहुँदै अर्थमन्त्री शर्माले निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत थप ३०० किलोमिटर सडक कालोपत्र गर्न र २३ वटा पुल निर्माणका लागि बजेट विनियोजन गरिने घोषणा गर्नुभयो ।

तराई–मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी वर्षभित्र सडक स्तरोन्नति गरिने उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले सप्तरी सदरमुकाम राजविराज जोड्ने सडकलाई चार लेनमा विस्तार गरिने बताउनुभयो । विगतको भन्दा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको सरकारले तराई–मधेसका किसानको खेतमा बाहै्र महिना सिँचाइ पु¥याउन डिपट्युबेल र स्यालोट्युबेलमार्फत सिँचाइ सेवा विस्तार गरिने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले किसानलाई बीउ र मलमा विशेष अनुदान दिने घोषणा गरेको छ ।

यसरी विगतको भन्दा सरकारले मधेस प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीयवासी खुसी भएका छन् । “सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल जनकपुरधामलाई विशेष पर्यटकीयस्थल बनाउने घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ”, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीयवासी वसन्त साहले भन्नुभयो, “यसबाट जनकपुरधाम पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको बाटो खुल्ने छ”, यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com