अमेरिकामा १० मिलियनको लोटरी जितेका व्यक्तिले प्रेमिकालाई गोली हानेर मारेपछि आजिवन जेल
प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार
अमेरिकामा १० मिलियनको लोटरी जितेका व्यक्तिले प्रेमिकालाई गोली हानेर मारेपछि जीवनभरको जेल सजाय पाएका छन् । सन् २०१७ मा १० मिलियनको लोटरी जितेका उनले सन् २०२० मा प्रेमिकालाई गोली हानेर हत्या गरेका थिए ।
५४ बर्षका माइकल टोड हिललाई अदालतले हत्याको अभियोगमा दोषी ठहर गरेको छ । २३ बर्षकी प्रेमिका केनेआ ग्राहमको हत्या गरेको अदालतले ठहर गरेको हो ।

होटलको भिडियो फुटेजमा ग्राहमसँग हिलमात्र रहेको देखिएको छ । होटेलमा रहेको बेला अर्कै व्यक्तिलाई टेक्स्ट गरेपछि आफूले ग्राहमको हत्या गरेको टोल हिलले स्वीकारेको अभियोजनकर्ताहरुले बताएका छन् ।
सन् २०१७ को अगस्तमा स्क्र्याच गर्ने टिकट किनेर टोड हिलले १० मिलियन डलरको लोटरी जितेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । न्युक्लीयर पावर प्लान्टमा काम गर्ने हिलले ट्याक्स काटेर बचेको ४ मिलियन डलर बिलहरु तिर्न र श्रीमतीको व्यवसायमा सघाउने बताएको सीबीएसले जनाएको छ ।






