एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र दुई बच्चा मृत फेला


प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार

भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् ।

दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, २० वर्षीया कमलेश मिणा छन् । उनीहरुसँगै एकजना शिशु र एकजना चार वर्षीय बच्चाको पनि शव फेला परेको छ । ममता र कमलेश गर्भवती थिए ।

ती तीन दिदी–बहिनीको बिहे एउटै परिवारमा भएको थियो । उनीहरुको शव शनिबार फेला परेको र शव भेटिएपछि गाउँमा त्रासको वातावरण रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

समाचारमा लेखिएअनुसार मृत भेटिएका सबै पाँच जना २५ मेदेखि सम्पर्कविहीन थिए । परिवारका सदस्यहरुले उनीहरु हराएको सूचना प्रहरीलाई दिएका थिए । तर शनिबार बिहान एक इनारमा उनीहरु पाँचै जनाको शव फेला परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जयपुर प्रहरीका एसपी मनिष अग्रवालका अनुसार शवमा चोटपटक लागेको नदेखिएकाले उनीहरुले सामूहिक रुपमा आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

तीन दिदी–बहिनीहरुमध्ये एकजनाले २५ मेको दिनमै सामाजिक सन्जालमा ‘बाँच्ने इच्छा नभएको’ लेखेकाले पनि आत्महत्या नै हुन सक्ने प्रहरीको अनुमान छ ।

ती दिदी–बहिनीहरुलाई श्रीमान र घरका अन्य सदस्यहरु मिलेर कुटपिट गर्दै आएको कारण उनीहरुले सामूहिक आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले मृत फेला परेका तीन दिदी–बहिनीका तीनैजना श्रीमान, सासू र नन्दलाई नियन्त्रणमा लिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत अशोक चौहानका अनुसार सन् २००५ मा उनीहरुको बिहे भएको थियो । तर बिहे गर्ने उमेर पूरा भएपछि मात्रै उनीहरु आ–आफ्ना श्रीमानसँग बस्न थालेका थिए ।

तर २५ मेदेखि उनीहरु सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो । एसपी मनिष अग्रवालले भनेका छन्, ‘शवलाई हेर्दा प्रथम दृष्टिमै सामूहिक आत्महत्या देखिन्छ । यी महिलाहरुले आफ्ना बच्चासहित २५ मेको दिनमै इनारमा हाम फालेर आत्महत्या गरेको हुनसक्छ ।’

जयपुरका अतिरिक्त एसपी दिनेश शर्माले यो घटना दाइजोकै कारण भएको बताएका छन् ।-टाइम्स अफ इण्डिया

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com