चालकदलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन
प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको बतााइएको छ । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको बताइएको छ ।
विमानमा यात्रुहरु इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।
विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।






