यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई किन लाग्यो देश छोड्नमा रोक


प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार

यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताउनुभएको छ । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उहाँले लगाउनुभएको छ ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उहाँको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गर्नुभएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उहाँको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।

रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्धको ऐक्यवद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उहाँलाई ‘यूक्रेनीे सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ । “यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ ।”

”रूसी आक्रामणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्धको युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ,” उहाँको कार्यालयले भनेको छ ।

पोरोशेन्कोले यूक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गर्नुभएको थियो यद्यपि पछिल्लो कदमले उहाँलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको छ ।

उहाँले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लाग्नुभएको थियो । त्यसपछि उहाँले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com