युक्रेनको सहायताभन्दा आफ्नो देशका विद्यालयको सुरक्षालाई प्राथमिकता दिन डोनाल्ड ट्रम्पको सल्लाह


प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको हमलाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले युक्रेनलाई दिने सहयोगभन्दा आफ्नो विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पूर्व राष्ट्रपतिले भने कि यदि अमेरिकाले युक्रेनलाई अर्बौं डलर सहयोग गर्न सक्छ भने, “यसमा कुनै शंका छैन, उसले आफ्ना बच्चाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्षम हुनेछ।” डोनाल्ड ट्रम्पले ह्युस्टनमा नेशनल राइफल एसोसिएशनको बैठकमा यस्तो बताएका हुन। नेशनल राइफल एसोसिएसन अमेरिकाको सबैभन्दा ठूलो बन्दुक समूह हो।

पूर्व अमेरिकी राष्ट्रपतिको बयान उभल्देको रोब प्राथमिक विद्यालयमा भएको आक्रमणको तीन दिनपछि आएको हो। यस आक्रमणमा कुल २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ जना साना बालबालिका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका पूर्व राष्ट्रपतिले इराक र अफगानिस्तानमा ट्रिलियन खर्च गर्‍यौं तर त्यसबाट केही हासिल भएन भन्नुभयो । ट्रम्पको यो सम्बोधनलाई जनताले ताली बजाएर स्वागत गरेका थिए ।

ट्रम्पले भने कि विश्व निर्माण गर्नु अघि हामीले हाम्रा बालबालिकाका लागि आफ्नै देशमा सुरक्षित विद्यालयहरू निर्माण गर्नुपर्छ।

यस महिनाको सुरुमा अमेरिकी संसदले युक्रेनलाई करिब ४० अर्ब डलर सैन्य सहायता दिने पक्षमा मतदान गरेको थियो। फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाले ५४ अर्ब डलर सहयोग गरेको छ ।

यसै क्रममा अमेरिकामा बन्दुक राख्नेमाथि कडा नियन्त्रणको माग पनि भइरहेको छ । ट्रम्पले त्यस्ता  मागलाई अस्वीकार गर्दै विद्यालयको सुरक्षाका लागि ‘फुल-ओभरहालिङ’ प्रस्ताव गरेका थिए। आफ्नो सम्बोधनका क्रममा ट्रम्पले यस हमलामा मारिएकाहरुको नाम पढेर सम्झाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com