अमेरिकाको फिलाडेल्फियामा घर बिष्फोट हुँदा ५ जनाको मृत्यु, ४ जना बालबालिकाहरु


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

अमेरिकाको फिलाडेल्फियाको पोट्सटाउनमा एउटा घर पड्किदा ५ जनाको मृत्यु भएको छ भने २ जनालाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको छ । बिहिबार राती भएको घटनामा सुरुमा ४ जनाको मृत्यु भएको बताइएपनि शुक्रबार मृतकको संख्या ५ पुगेको हो ।

विष्फोटको कारण अहिलेसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । घटनामा ज्यान गुमाउनेहरु ८ बर्षदेखि ६७ बर्षसम्मका रहेका छन् ।

ज्यान गुमाउने ट्स्टिन ह्वाइट ८ बर्षका थिए भने १० बर्षका नेहमिया ह्वाइट, १२ बर्षका जेरेमिया ह्वाइट, १३ बर्षका अलाना उड र ६७ बर्षका फ्रान्सिने ह्वाइटको घटनामा मृत्यु भएको छ ।

बिष्फोटका कारण आसपासका अन्य घरमा पनि क्षति पुगेको छ । ६० जना छिमेकीहरु घरबाट बाहिरिन बाध्य भएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com