सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ । यो सडक मर्मत गर्न अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ । यहाँ अहिलेसम्म ट्र्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभयो ।

“साना सवारीसाधन वर्षका चार महिनामात्र मुस्किलले सञ्चालन हुन्छन्, यो सडकबाट न कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक”, थापाले भन्नुभयो, “मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेपनि अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयवासीको भनाइ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो । सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com