जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

sf7df8f}F, !# h]7 M g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn …k|r08Ú k|]; ;]G6/ g]kfnåf/f ;flxTosf/ Pjd zxLb s[i0f ;]g …OR5’sÚsf] la;f}F :d[lt lbj;sf cj;/df cfof]lht sfo{qmddf s[i0f ;]g OR5’s :d[lt kqsfl/tf k’/:sf/ ;]G6/sf ;+:yfks cWoIf tyf OGrfh{ dx]Zj/ bfxfnnfO{ k|bfg ub}{ . tl:a/ M czf]s l3ld/]÷/f;;

पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट सङ्गठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत हुनुभएको हो ।

रु ५० हजार राशिको २०७८ सालको उक्त पुरस्कार आचार्यलाई र २०७९ सालको पुरस्कार दाहाललाई प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो । अघिल्लो वर्ष कोरोनाका कारण पुरस्कार प्रदान गरिएको थिएन ।वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट उक्त सेन्टरका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष बलराम थापा र पूर्वउपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ । थापालाई २०७८ सालको र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रेस सेन्टरले नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गङ्गा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । इच्छुकको २०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले ती पुरस्कार प्रदान गर्नुभयो । उहाँले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गनुएभएको भूमिका उच्च र अतुलनीय रहेको बताउनुभयो । सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उहाँको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको अध्यक्ष दाहालले बताउनुभयो ।

सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रुपमा हुनुहुन्थ्यो तर पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भिकताका साथ उभिनुभएको स्मरण गर्दै अध्यक्ष दाहालले सेनले चलाउनुभएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता जगतले कठिन परिस्थितिमा पनि समाज रुपान्तरणमा योगदान पु-याउँदै आएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता विरोधी कानून खारेज गर्न, आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा ध्यान दिन, आमसञ्चार नीतिलाई कार्यान्वयन गर्न र श्रमजीवी पत्रकारिता ऐनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेनले पु-याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com