श्रीमतीको हत्या गर्ने कोइरालालाई जन्मकैद


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले आज कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो ।

यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला गरेको हो । राणा र केसी इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो । अदाललते उक्त फैसलालाई उल्टयाउँदै कोइरालालाई जन्मकैद हुने फैसला गरेको हो ।

यसअघिको अदालतलको आदेशसँगै कोइराला साढे आठ वर्ष कैद भुक्तान सकेर घर फर्किएका थिए । आजको अदालतको फैसलापछि अब कोइराललो साढे ११ वर्ष कैद भुक्तान गर्नुपर्ने छ ।

निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते कोइरालालाई ११ वर्ष छ महिना छुट दिने फैसला सुनाएको थियो । कोइरालाले श्रीमती गीता ढकाललाई जलाएको स्वीकार गरे पनि सजायमा कानूनसम्मत नगरी छुट दिएको विषयमा सर्वत्र विरोध भएको थियो । उक्त फैसला विवादमा परेपछि सरकारले विसं २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो । सोही साउन १२ गते नै सर्वोच्च अदालतले सो निवेदनमा सुनुवाइका लागि निस्सा प्रदान गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघिको फैसलामा कोइरालाको श्रीमती गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दूरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा कोइरालालाई आठ वर्ष छ महिना कैद हुने ठहर गरिएको थियो ।

“मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्”, फैसलामा भनिएको थियो, “तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन ।” फैसलामा प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु कोइरालाबाटै भएको र दोषी ठहर भए पनि सर्वश्वसहित जन्मकैदलाई छुट दिएर साढे आठ वर्ष मात्र सजाय हुने पूर्णपाठमा थियो ।

घटना हुनुको मुख्य कारण ः तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआइजी) कोइराला र श्रीमती गीता ढकाल सम्बन्ध राम्रो नभएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई छोराहरु एक बाबुसँग र एक आमासँग बस्दै आएका थिए । छोरी (गीता) बेपत्ता भएपछि माइती पक्षले खोजी गर्दै हनुमान ढोकामा उजुरी दर्ता गराएका थिए । विसं २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनामा कोइरालाको संलग्न भएको आशङ्कामा प्रहरीले कोइरालालाई प्रक्राउ गर्यो । प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको पत्ता लगेको थियो । कोइरालाले हत्यापछि प्रमाण नष्ट गर्न शवलाई गाडीमा हालेर पालुङ लगेको र जलाउनका लागि पेट्रोल पनि घरबाटै लिएर गएको, राति जङ्गल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पत्ता लागेको थियो । सर्वोच्च अदाललते उक्त घटनामा यसअघि कैद सजाय छुट हुने फैसलालाई उल्टाउँदै जन्मकैद सजाय हुने फैसला गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com