काठमाडौं–काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्। यस्तै, एमालेका केशव स्थापित तेस्रो स्थानमा रहे। उनले ३८ हजार ११७ मत ल्याए।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा श्रेष्ठ २३ हजार ८०६ मतमा मात्र सीमित भए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।