बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकारलाई युनिसेफको आग्रह


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रश्न गर्नुभएको छ– अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो रु आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला रु अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उहाँको यो भनाई आएको हो ।

अमेरिकी सहर टेक्सासमा मङ्गलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको पनि बताइएको छ ।

त्यस गोली काण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीन जना शिक्षक रहेका पनि सो समाचारमा जनाइएको छ ।गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका समाचारमा जनाइएको छ ।कार्यकारी निर्देशक क्याथेरिनले भन्नुभएको छ– आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्को कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले यस्तै दर्दनाक अवस्था हामीले अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेका छौँ भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको उहाँको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com