अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई अस्पतालबाट १११ मिलियन डलर क्षतिपूर्ति दिने फैसला


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई १११ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको छ । सेन्ट क्लाउड मेडिकल सेन्टले थापाको सर्जरीमा हेलचेक्राई गरेको ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो ।

सेन्ट क्लाउडका २ जना अर्थो चिकित्सकहरुको लापरवाहीका कारण थापाको खुट्टामा स्थायी क्षति र अशक्तता भएको अदालतको ठहर छ । सन् २०१७ को जनवरीमा थापा सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा पहिलो बर्षको विद्यार्थी हुँदा घाइते भएका थिए ।

त्यतीबेला १९ बर्षका रहेका उनी फुटबल खेल्ने क्रममा घाइते भएका थिए । जब उनले खुट्टामा अत्यन्तै पीडाको अनुभव गरेका थिए, उनलाई एम्बुलेन्सबाट सेन्ट क्लाउड अस्पतालमा लगिएको थियो ।

चिकित्सकले उनको खुट्टामा फ्याक्चर भएको निर्धारण गरेका थिए । त्यतीबेला ड्युटीमा रहेका डाक्टर चार्ड होलिनले थापाको खुट्टाको सर्जरी गर्नुपर्ने सुझाव दिएका थिए । तर थापाले अस्वीकार गरेका थिए ।

थापाले नमानेपनि अर्का डाक्टर विलियम पास्केको सहयोगमा डाक्टर चार्ड होलिनले थापाको खुट्टाको सर्जरी गरेको अदालतको कागजातमा जनाइएको छ । सर्जरीपछि थापाले वाया खुट्टामा अत्याधिक पीडाको अनुभव गरेपनि उनलाई त्यसैरात अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

पीडा कम नभएपछि उनी ६ दिनपछि अस्पतालमा आएका थिए । त्यसपछि अर्का चिकित्सकले उनलाई सर्जरी गरे । त्यतीबेला उनको खुट्टामा कडा प्रकारको कम्पार्टमेन्ट सिन्ड्रोम देखिएको थियो भने खुट्टाको मांशपेशी पनि खैरो भएको थियो । त्यो यता थापाका खुट्टामा २० वटाभन्दा धेरै सर्जरीहरु गरिएका थिए ।

सेन्ट क्लाउड अस्पतालले थापाको प्रारम्भिक लक्षणहरु मुल्यांकन गर्न असफल भएको र उनको कम्पार्टमेन्ट सिन्ड्रोमको उपचार गर्न असफल भएको भन्दै मुद्दा दायर गरिएको थियो । उपचारमा भएको कमजोरीका कारण थापाको स्थायी र अशक्त बनाउने प्रकारको चोट परेको दावी गरिएको थियो ।

थापालाई अदालतले अस्पतालबाट ११ करोड १२ लाख ५१ हजार ५ सय ५९ डलर क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । थापाको विगतको र भविश्यको पीडा, भावनात्मक चोट र उपचार खर्च स्वरुप उक्त रकम दिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com