स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो– अध्यक्ष ओली


प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।

नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित बैठकमा उहाँले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको छ भन्नुभयो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा गरेर पार्टीका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको समीक्षा गर्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com