पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विदेशमन्त्री जरदारीको विश्वास


प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उहाँले भारतसँग पाकिस्तानको सम्बन्ध अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताउनुभएको हो ।

“आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरुी समृद्धिको फल बाँड्नेछौँ,” भारतसहितका छिमेकीसँग आर्थिक एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भन्नुभयो ।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तरराष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तरराष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिकरुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com