‘श्रीलङ्कामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिएको छ’


प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।

श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा रोशन अमरतुङ्गा बताउँछन् ।

“कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ … किनकि त्यहाँ औषधिको आपूर्ति छैन,” औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका छन् भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए ।

सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूाले आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोविड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।

स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बिरामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् ।

पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भयावह भएको बताएका छन् ।

यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको उनले बताए ।

आफ्नी चार वर्षीया छोरी बिनुली बिमसराको रक्तसम्बन्धी जटिल रोगको उपचार गराइरहेकी आमाले आफू र श्रीमान् भयभीत भएको बताइन् । “पहिले हामीसँग कम्तीमा केही आशा थियो किनभने हामीसँग औषधि थियो तर अहिले हामी ठूलो डरमा बाँचिरहेका छौंँ । हामी साँच्चै असहाय छौँ, औषधिको अभाव भएको सुन्दा हाम्रो भविष्य साँच्चै अन्धकार छ ।

छोराछोरीलाई उपचारका लागि विदेश लैजान हामीसँग पैसा छैन,” बिमसराकी आमाले भनिन् ।

भारतले हालै २५ टन औषधिसहितका चिकित्सा सामग्री आपूर्ति गर्नुका साथै अन्य सहायता उपलव्ध गराएको । “भारतले यो हदसम्म कुनै पनि अन्य देशलाई सहयोग गरेको छैन, हामी भारतप्रति आभारी छाँैं,” श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिसले कोलम्बोको बन्दरगाहमा चिकित्सा सामग्री हजारौँ बोरा बोरा बोकेको जहाजको छेउमा उभिएर भनेका छन् । श्रीलङ्काले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन समय भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com