अमेरिकी राष्ट्रपति बाइडेनले एसिया छोड्न वित्तिकै उत्तर कोरियाद्वारा ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार


प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार

उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले यस्तो दाबी गरेको हो । सियोलका अधिकारीहरूले प्योङयाङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा मिसाइलहरू प्रहार गरिएको बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेन पाँच दिने एसिया भ्रमणबाट फर्किएका बेला उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गरेको हो । यसै क्रममा बाइडेन जापान र दक्षिण कोरियाको भ्रमण गरेका थिएन ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ। जापानले बुधबार कम्तीमा दुईवटा मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ । यद्यपी जापानले यसको संख्या बढी हुन सक्ने बताएको छ ।

जापानका रक्षामन्त्री नोबुओ किशीले पहिलो मिसाइलले करिब ३०० किलोमिटरको दुरी र ५५० किलोमिटरको उचाइमा प्रहार गरेको बताए । उही समयमा, दोस्रो मिसाइल ५० किलोमिटर उचाई र लगभग ७५०किलोमिटर टाढा पुग्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोबुओ किशीले यी परीक्षणहरूको आलोचना गरे र यसलाई अस्वीकार्य भने। यसले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थायित्व र सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ ।

अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले बाइडेनको भ्रमणका क्रममा उत्तर कोरियाले हतियार परीक्षण गर्न सक्ने चेतावनी पहिले नै दिएका छन्।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com