क्यानाडामा प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी, १० जनाको मृत्यु, दशौँ हजार विद्युतविहीन
प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार
Hydro Crews work to fix broken power poles and restore power in the Ottawa Valley municipality of Mississippi Mills, Ontario, on Monday, May 23, 2022. A major storm hit parts of Ontario and Quebec on Saturday, May 21, 2022, leaving extensive damage to infrastructure. (Sean Kilpatrick/The Canadian Press via AP)
क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।
यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् ।क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पु¥याएको बताइएको छ ।
ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।





