आवेदनबारे र अप्वाइन्टमेन्ट तय गर्न अहिले युएससीआईएसँग सम्पर्क गर्ने उचित उपाय के हो ?


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्न निकै मुस्किल हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । यसैलाई मध्यनजर गरेर युएससीआईएसले सम्पर्क केन्द्र सहित एजेन्सीमा झण्डै ४४ सय पदपूर्ति गर्दैछ ।

युएससीआईएसमा सम्पर्क गर्ने पहिलो तरिका अनलाइन टुल हो । सुरुमा सधैं युएससीआईएसको वेबसाइटमा आफूले खोजेको जानकारी सार्वजनिक रूपमा उपलब्ध भए नभएको हेर्नुपर्छ । कैयन प्रश्नहरुको जवाफ बारम्बार सोधिने प्रश्न र सम्बन्धित वेव पृष्ठमार्फत समेत दिइएको हुन्छ ।

त्यसको अतिरिक्त ई रिक्वेष्ट जस्ता अनलाइन टुलको समेत प्रयोग गर्न सकिन्छ । फोनमा घण्टौं प्रतिक्षा गर्नुको साटो ई रिक्वेष्ट जस्ता अनलाइन टुलको प्रयोग गरेर आफ्नो आवेदनबारे प्रश्न सोध्न सकिन्छ । यदि तपाईसँग युएससीआईएसमा अनलाइन एकाउन्ट छ भने उक्त एकाउन्ट लगइन गरेर अनलाइन फाइल आफ्नो आवेदनबारे वा सम्बन्धित आवेदनबारे सुरक्षित मेसेजमार्फत समेत युएससीआईएसलाई सोध्न सकिन्छ ।

कतिपय अवस्थामा युएससीआईएसको अनलाइन भर्चुअल सहयोगी एमामार्फत पनि प्रश्नहरु सोध्न सकिन्छ । यदि भर्चुअल सहयोगीले जवाफ दिन नसकेको खण्डमा तपाईले प्रत्यक्ष प्रनिनिधिसँग लाइभ च्याट गर्ने मौका समेत पाउनुहुनेछ । स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्ट तय गर्ने लगायतका विषयमा समेत तपाईले लाइभ च्याटमा प्रतिनिधिसँग कुराकानी गर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर याद गर्नुहोस्, तपाईले प्रतिनिधिसँग कुराकानी गर्न चाहेको मात्र उल्लेख गर्दैमा तपाईलाई भर्चुअल सहयोगी एम्माले प्रत्यक्ष प्रतिनिधिसँगको च्याटमा जोड्दैन । तपाईले उक्त विषयका लागि प्रतिनिधिसँग कुराकानी गर्न अत्यन्तै आवश्यक भएको स्थापित गर्न सकेको खण्डमा तपाईलाई पतिनिधिसँगको प्रत्यक्ष च्याटमा जोडिनेछ ।

तपाईले युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्दा सुरुमा तपाईलाई अन्तरक्रियात्मक आवाज प्रतिक्रियामा जोडिन्छ । यो प्रणालीले तपाईका कैयन प्रश्नको जवाफ दिनसक्छ । यदि यो प्रणालीले तपाईलाई प्रत्यक्ष प्रतिनिधिसँग कुरा गर्न आवश्यक भएको निर्धारण गरेको खण्डमा तपाईलाई प्रतिनिधिसँग जोड्छ । यसले तपाईंलाई तुरुन्तै प्रतिनिधिसँग सम्पर्क गराइदिनपनि सक्छ, लामो समय लाग्न पनि सक्छ । दिनको समय, कल भोल्युम, र प्रतिनिधिहरूको उपलब्धताको आधारमा तपाईंले पर्खनुपर्ने हुन सक्छ।

यदि युएससीआईएसले कलब्याकको समय तालिका बनायो भने कल गर्नुभन्दा एक वा दुई दिन अगाडि तपाईंलाई टेक्स्ट वा इमेल पठाउनेछ। यसले तपाईंलाई कलब्याकको लागि तयारी गर्न मद्दत गर्नेछ।

एकचोटि टेक्स्ट वा इमेल प्राप्त भएपछि उक्त नम्बरलाई आफ्नो फोन सम्पर्क सुचीमा थप्न युएससीआईएसले सुझाव दिएको छ । किनभने यसो गर्दा आगमन कल युएससीआईएसबाट आएको हो भनेर चिन्न सकिनेछ । यदि तपाईंले पहिलो कल उठाउनुभएन भने युएससीआईएसले अर्को पटक पनि कल गर्नेछ। युएससीआईएसले पहिलो कलब्याकको समयमा नै ८८ देखि ९० प्रतिशत मानिससँग कुरा गर्न सफल हुने गरेको छ ।

आर्थिक वर्ष २०२१ मा युएससीआईएसको सम्पर्क केन्द्रले १४ दशमलव ६ मिलियन फोन कलहरू प्राप्त गर्यो भने झण्डै साढे ८ लाख लाइभ च्याटहरू गर्यो। बाह्र मिलियन मानिसहरूले एम्मालाई प्रश्नहरू सोधे भने २ लाख ११ हजारले एम्मामार्फत अपोइन्टमेन्टहरू तय गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com