हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य–कोभिड नितीलाई निरन्तरता दिएको छ । धेरै शहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ ।

हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्य भन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन् । हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नितीले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ । कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com