बाम झुकाव भएका अल्बेनिजी बने अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री, ४ जना मन्त्रीहरु


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

अष्ट्रेलियामा आउँदो तीन वर्ष संघीय सरकार सञ्चालन गर्ने अवसर लेबर पार्टीले पाएको छ जसको नेतृत्व गर्दै ५९ वर्षीय एण्टनी अल्बेनिजीले ३१ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । सपथ लगत्तै अन्तर्राष्ट्रिय क्वाड सम्मेलनमा भाग लिन जापान जाने तालिका तय भएको छ ।

सपथ ग्रहण गर्दै एण्टनी अल्बेनिजी

सरकारमा रहेको पार्टी लिबरलले शनिवार भएको चुनावमा बहुमत गुमाएपछि झण्डै एकदशकपछि अष्ट्रेलियामा लेबर पार्टीको सरकार बनेको छ । अल्बेनिजीले आफ्ना ४ जना मुख्य मन्त्रीहरुसँगै सपथ ग्रहण गरेका छन् ।

सैद्धान्तिक आधारमा अल्बेनिजी केन्द्रबाट अलिकति देब्रे ढल्केको लेबर पार्टीका नेता हुन् । उनी आफूलाई गणतन्त्रवादी, पिछडिएको समुदायको निकट, आदिवासीहरूको भूमिका विस्तार गर्न वचनबद्ध राजनीतिक कार्यकर्ता ठान्दछन्।

नयाँ अर्थमन्त्रीबाट सपथ ग्रहण

अल्बेनिजी विपन्न नागरिकलाई दिइने आवासमा आमाले मात्र हुर्काएका छोरा हुन्। बालककालमै आमाले छोरालाई गर्भे टुहुरो भएको बताएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद्को गणित अनुसार बहुमतको सरकार गठन गर्न ७६ स्थान आवश्यक पर्नेमा लेबरको संख्या ७२ रहेको छ । अल्बेनिजीले बहुमतको सरकार बनाउनेछन् वा बेन्च क्रस गर्नेहरुको सहयोगमा सरकार चलाउनेछन् भन्नेबारे अझै स्पष्ट छैन ।

सपथ ग्रहण पछि कागजतमा हस्ताक्षर गर्दै अल्बेनिजी

अमेरिका, जापान, भारत र अष्ट्रेलिया सामूहिक सुरक्षाको सन्दर्भमा आबद्ध चार देश हुन् जो चीनको प्रभावक्षेत्र विस्तार हुन नदिन प्रतिबद्ध छन्। शपथ लगत्तै उनले टोकियोमा क्वाड बैठकमा तीन देशका नेताहरूसँग भेट्ने पहिलो अवसरको उपयोग गर्दैछन्। उनले आफ्नो कार्यकालको थालनी परराष्ट्र सम्बन्धको मोर्चाबाट गर्दैछन्।

देशभित्रको मोर्चामा चाहिं उनले मूलतः दुई चुनौतीको सामना गर्नुपर्ने छः महँगीले जनताको जीवनस्तर कष्टकर गराएको कुरा र जलवायु परिवर्तनबाट सिर्जित आगलागी एवं बाढी(पहिरोसँग सम्बन्धित समस्या। सफा इन्धनको जोहो गर्दै जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व पनि निर्वाह गर्नुपर्ने परिस्थिति छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com