न्युयोर्क सिटीको ‘क्यु’ ट्रेनमा गोली प्रहार, एकजनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

न्युयोर्क ट्रेनमा आइतबार भएको गोली प्रहारको घटनामा एकजनाको मृत्यु भएको छ । ट्रेनमा १० जनामाथि गोली प्रहार र भागदौडमा कैयन घाइते भएको घटनाको एकमहिनापछि यो घटना भएको हो ।

विहान ११ बजेर ५० मिनेटमा न्युयोर्कको क्यानल स्ट्रीटमा उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा पेटमा गोली लागेको अवस्थामा ४८ बर्षका पुरुष भेटिएका थिए ।

तत्काल ती व्यक्तिलाई बेलभ्यु अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । मृतकको परिचय खुलेको छैन । उनी क्यु ट्रेनको अन्तिम डिब्बामा बसेर म्यानहटन तिर जाँदै थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com