स्थानीय तह निर्वाचन: २२ पालिका प्रमुखमा महिला विजयी, केहीमा अग्रता


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

gjlgjf{lrt klxnf] dlxnf gu/k|d’v rf}w/L /fhlj/fh, % h]7 . -!_ ;Kt/Lsf] lhNnfs} Oltxf;df ;’?ªuf gu/kflnsfdf klxnf] dlxnf gu/k|d’v aGg’ePsf] gjlgjf{lrt uLtf rf}w/L . t:aL/ M c?0fs’df/ ofbj,/f;;

काठमाडौं–स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मतपरिणाम घोषणा हुने क्रम अब अन्तिम चरणमा छ। काठमाडौं महानगरमा प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंह कहिले तेस्रो तथा कहिले दोस्रो स्थानमा छिन् भने भरतपुरमा रेनु दाहालले केही दिनदेखि अग्रता कायम गरिरहेकी छिन्। मत परिणामको स्थिति हेर्दा सिर्जनाको स्थिति भन्न नसकिए पनि रेनुले जित्ने स्थिति छ।

यस पटकको निर्वाचनमा महिला नेतृत्व कति आए? कस्तो छ स्थिति?

हालसम्मको स्थिति विश्लेषण गर्दा २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा भन्दा अहिले महिला नेतृत्वको स्थिति बढ्ने देखिएको छ। पहिले महिला सहभागितालाई जोड दिइएका कारण अधिकांश स्थानमा उपाध्यक्ष तथा उपप्रमुखमा महिलाको उपस्थिति राम्रो थियो। तर यसपटक पाँच दलीय गठबन्धनको बाँडफाँडले त्यो स्थिति नभए पनि नेतृत्वमा भने महिला उपस्थिति बढेको देखिएको छ। अघिल्लो पटक १८ पालिका प्रमुखमा महिला आएका थिए भने शनिबारसम्मको मत परिणामअनुसार २२ जना प्रमुखमा निर्वाचित भइसकेका छन्।

निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेश १ मा ५, मधेश प्रदेशमा ३, बागमतीमा ५, गण्डकी प्रदेशमा ३, लुम्विनीमा २, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ पालिका प्रमुख महिला बनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

खोटाङ्गको जन्तेढुंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट विजयी अरुणदेवी राई र खोटाङ्गकै हलेसी तुवाचुङ्ग नगरपालिकाको मेयरमा विजयी नेपाली कांग्रेसकी विमला राई ।

खोटाङ्गको जन्तेढुंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट अरुणदेवी राई विजयी भएकी छन् भने खोटाङ्गकै हलेसी तुवाचुङ्ग नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी विमला राई विजयी बनेकी छन्। उनी अघिल्लो कार्यकाल उपमेयर बनेकी थिइन्।

मोरङको कानेपोखरी अध्यक्षमा एमालेकी राजमति इङ्गनाम निर्वाचित भएकी छन्। उनी पनि अघिल्लो कार्यकाल उपाध्यक्ष थिइन्।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छन् भने झापाको विर्तामोड नगरपालिकामा एमालेकी पवित्रादेवी महतारा  नगरप्रमुखमा विजयी बनेकी छन्।

यस्तै, सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी गीता चौधरी, रौतहटको मौलापुर नगरपालिका मेयरमा एमालेकी रीना कुमारी साह तथा रौतहटकै ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीकी कौशल्या देवी विजयी भएका छन्।


मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार मीना लामा र उपप्रमुखमा नेपाली कांग्रेसका उपप्रमुख राजेश बानियाँ विजयी भएपछि शनिबार आयोजित विजयी -यालीमा समर्थकलाई अभिवादन गर्दै । तस्वीर : अञ्जली थापा, रासस

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामा, चितवनको माडी नगरपालिकामा एमालेकी ताराकुमारी काजी महतो, सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहरा (दाहाल), त्यस्तै सिन्धुलीकै फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार निर्वाचित हुन सफल भए। यस्तै, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका माओवादी केन्द्रकी रेणुका चौलागाई विजयी भइन्।

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा, पर्वतको मोदी गाउँपालिका प्रमुखमा एमालेकी हिरादेवी शर्मा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट लक्ष्मीदेवि पाण्डे विजयी भए। पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा एमालेकी सरस्वती दर्लामी, पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेकै विमला अर्याल विजयी भए।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख मोहनमाया ढकाल विजयी घोषणापछि । तस्बिर : प्रकाश अधिकारी/रासस

कर्णाली प्रदेशअन्तर्गत दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी रिताकुमारी शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेकी मोहनमाया ढकाल निर्वाचित भए।

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा निर्वाचित एमालेकी जुना चौधरी ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका मेयरमा नेपाली कांग्रेसकी अम्बिकाकुमारी चलाउने र कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही विजयी भएकी छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार महिला तथा दलित सदस्यमा यस्तो छ पार्टीगत स्थिति

कभरमा सप्तरीको सुरुङ्गा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गिता चौधरी । तस्वीर : अरुणकुमार यादव, रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com