डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी, युक्रेनद्वारा युद्धविराम अस्वीकार


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।रुसी–समर्थित पृथकतावादीहरूले फेब्ुवरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भए पनि मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै किएभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गर्नुभएको छ । युद्ध नरोकिने बताउँदै उहाँले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताउनुभयो ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com