१३ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा न्युयोर्कको क्वीन्स निवासी रामसरुप पक्राउ


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

१३ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा न्युयोर्कको क्वीन्स निवासी एन्ड्रयु रामसरुप नामको व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । लङ आइल्याण्डबाट ३० बर्षको उक्त व्यक्तिलाई पक्राउ गरिएको हो ।

साउथ ओजन पार्क निवासी रामसरुपले ति बालिकासँग स्न्यापच्याटमा कुराकानी गरेको तथा हाउपाउजको खेल मैदानमा भेटेर बलात्कार गरेको आरोप लगाइएको छ । रामसुरुपले मे १३ मा पहिले बालिकालाई लेक ग्रोभको स्मीथ हेभन मलमा भेट्दा नै बलात्कारको योजना बनाएको अधिकारीहरुको दावी छ ।

त्यीबेला पनि उसले बालिका र उनको साथीलाई गाडीमा लैजाने प्रयास गरेको तर उनीहरुले नमानेको अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैदिन केहीबेरपनि बालिकालाई खेल मैदानमा बलात्कार गरेको जनाइएको छ ।

प्रहरीले रामसरुपलाई शुक्रबार राती पक्राउ गरेको हो । सुरुमा बालिकाले आफू बलात्कृत भएको विद्यालय प्रशासनलाई खबर गरेकी थिइन् । विद्यालयले प्रहरीलाई जानकारी दिएको थियो ।

रामसरुपविरुद्ध सेकेण्ड डिग्री बलात्कार, सेकेण्ड डिग्री यौन अपराध र बालबालिकाको हितलाई खतरामा राखेको थरी तीनवटा अभियोग लगाइएको छ । शनिबार अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com