Follow @khasokhasmag

अमेरिकाको मिशिगनमा तूफानमा परेर दुईजनाको मृत्यु, कम्तीमा ४४ घाइते


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

अमेरिकाको उत्तरी मिशिगनमा आएको तूफानमा परेर २ जनाको मृत्यु भएको छ भने कम्तीमा ४४ जना घाइते भएका छन् । झण्डै ४ हजार बासिन्दा रहेको गेलर्ड सिटीमा तूफानले कैयन घर र व्यवसाय क्षतिग्रस्त बनाएको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुले विभिन्न ४ वटा अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्थाबारे थप जानकारी दिइएको छैन । शुक्रबार दिउसो पौने ४ बजे तूफान आएको थियो ।

कैयन रुखहरु र विजुलीका पोलहरु ढलेर बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । गभर्नरले ओट्सेगो काउन्टीमा संकटकालको घोषणा गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com