मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको राहुल गान्धीको आरोप


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाउनुभएको छ ।

लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताउनुभयो ।

“भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,” प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घ (आरएसएस) लाई आक्रमणको निशाना बनाउँदै उहाँले भन्नुभयो ।

अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट गर्दै दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्ने ५१ वर्षीय नेता गान्धीले थप्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय लोकतन्त्र विश्वकै लागि महत्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गर्नुभयो । यो यथार्थलाई संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गर्नुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com