निर्वाचनमा फूलमाला बिक्री बढ्यो, एउटैले बेचे एकलाखको सयपत्री


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा गठबन्धनको तर्फबाट विजयी हुनुभएका प्रमुखमा नेकाका सुरेन्द्र श्रेष्ठ र नेकपा ९माओवादी केन्द्र०बाट उपप्रमुखमा विजयकृष्ण श्रेष्ठ फूलको मालामा । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गर्नुभएको छ ।

एक हप्तामा उहाँले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गर्नुभयो । अहिले उहाँको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गर्नुभएका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।” यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हँुदा दङ्ग हुनुहुन्छ । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हँुदा उहाँले यस पटक एक रोपनीमा खेती गर्नुभएको हो ।

रामपुर नगरपालिका– ६ मा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र पाँच वर्ष कार्यरत जनप्रतिनिधिलाई बिदाइ कार्यक्रमपश्चात् सामुहिक तस्वीरमा । तस्वीर ः सुशीला रेग्मी÷रासस

“छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु, यतिबेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उहाँले भन्नुभयो । अहिलेसम्म रु एक लाखको व्यापार गर्नुभएका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उहाँले बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भक्तपुर नगरपालिका–२ मा स्थानीय तह २०७९ को वैशाख ३० गते सम्पन्न निर्वाचनमा निर्वाचित उपप्रमुख लगायत जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । यहाँ पनि फूलको माला प्रयोग गरिएको छ । तस्वीर : लक्ष्मी गारु/रासस

प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् ।

कभर तस्वीरमामध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा गठबन्धनको तर्फबाट विजयी हुनुभएका प्रमुखमा नेकाका सुरेन्द्र श्रेष्ठ र नेकपा ९माओवादी केन्द्र०बाट उपप्रमुखमा विजयकृष्ण श्रेष्ठ फूलको मालामा । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com