न्युयोर्कको नवनिर्मित संसदीय क्षेत्रबाट पूर्व मेयर ब्लाजिओले संघीय संसदमा उम्मेदबारी दिने


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

न्युयोर्कको नवनिर्मित संसदीय क्षेत्रबाट न्युयोर्क सिटीका पूर्व मेयर बिल ब्लाजिओले संघीय संसदको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदबारी दिने घोषणा गरेका छन् । बु्रकलिन र म्यानहटनका केही भाग समेटेर बनाइएको उक्त संसदीय क्षेत्रमा ब्लाजिओले भींडभाडयुक्त डेमोक्रेटिक प्राइमरीमा उम्मेदबारी दिने भएका हुन् ।

मेयरको दुई कार्यकाल समाप्त गरेपछि अत्यन्तै कम स्वीकृति दरका साथ कार्यकाल पूरा गरेका उनले नयाँ रेखांकन गरिएको संसदीय सिटका लागि मैदानमा होमिएका हुन् । न्युयोर्क सिटीको मुटुमा रहेको यो संसदीय क्षेत्रलाई डेमोक्र्याट्सहरुका लागि चुनाव जित्न सुरक्षित स्थान मानिएको छ ।

६१ बर्षका ब्लाजिआले शुक्रबार एमएसएनबीसीको टेलिभिजन कार्यक्रम मार्फत आफू चुनावमा जाने बताएका हुन् । उनले सन् २०२० को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्राइमरीमा समेत उम्मेदबारी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्त २३ मा हुने प्राइमरी अगाडि कैयन डेमोक्र्याट्सहरुले उम्मेदबारीका लागि रुची देखाइसकेका छन् । जुनमा हुने तय भएको प्राइमरी अगस्तका लागि सारिएको हो । राज्य संसदका सिनेटर ब्राड होयलम्यान, सिम्चा फेल्डर, राज्यको तल्लो सदनका सदस्यहरु यु लाइन निउ, रोबर्ट क्यारोल, जो साइमन लगायतले पनि उम्मेदबारी दिने बताइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com