६० हजार मत गणना हुँदा रेनु दाहाल तीन हजार बढी मतान्तरले अगाडि


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल । तस्बिर: नारायण अधिकारी/रासस

भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बन्नु भएकी रेनु दाहालले तीन हजार २०५ मतले अग्रता लिनुभएको छ । महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गर्नुभयो ।

महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राख्नु भएको छ । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गर्नुभयो ।

यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएको छ । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com