न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासेफिक आइल्याण्डर आयोगमा डा. विष्णुमाया परियार


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीदले एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई मनोनित गरेका छन् । उनीसहित २८ जनालाई उक्त आयोगमा मनोनित गरिएकोछ। यसरी कमिश्नर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्।

गभर्नर मर्फीले गत वर्ष सन् २०२१ को नोभेम्बरमा यो आयोगको स्थापना गरेका थिए । मे महिनालाई एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर सम्पदा महिनाको रुपमा मनाइरहँदा यो नियुक्ति गरेका हुन्।

गभर्नर मर्फीले एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्युजर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर परियार जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी बोर्डकी पूर्व सल्लाहकार हुन् भने हाल महिला सल्लाहकार हुन् । उनी रोजगारी र तालिम कमिटीको सदस्य समेत रहेकीछिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा परियारको पहलमा गठन भएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com