गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका ‘नम्बर वान’ गन्तव्य


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका शीर्ष गन्तव्य रहेको एक रिपोर्टले देखाएको छ । ट्याक्स जस्टिस नेटवर्कको आर्थिक गोप्य सुचकांकमा अमेरिका पहिलो नम्बरमा परेको हो ।

यो बर्ष अमेरिका पहिलोपटक पहिलो नम्बरमा परेको हो । परम्पारगत ट्याक्सका आश्रयस्थलहरु सिंगापुर, स्वीटजरल्याण्ड, लक्जेम्बर्ग भन्दा पनि अमेरिका माथि परेको हो । ट्याक्स छल्न अमेरिकीहरुले बैंक खाताहरु खोलेको केमन आइल्याण्ड १४ नम्बरमा परेको छ ।

अमेरिका जे कुरामा पनि आफू नम्बर वान हुन चाहेपनि यो भने नचाहेको विषयमा नम्बर वान हुन पुगेको फ्याक्ट गठबन्धनका कार्यकारी निर्देशक आयन गेरीले भने । युक्रेनमा रुसको आक्रमण भइरहँदा अमेरिकाले रुसका धनी बर्गको सम्पत्तिमाथि कारवाही गरेको बेला यो निष्कर्ष आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्याक्ट गठबन्धनले विश्वका १ सय ५१ वटा देशको आर्थिक नियमको परीक्षण गरेर यो निष्कर्ष निकालेको हो । नयाँ एन्टी मनी लण्डरिङ कानून लागु गर्न अर्थ मन्त्रालयको कोषमा रकम अभाव हुनु अमेरिका पहिलो नम्बरमा पर्ने कारण रहेको बताइएको छ ।

अमेरिकाभित्र कति रकम लुकाइएको छ भन्ने प्रष्ट छैन । तर अर्थ मन्त्रालयले कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत यसरी लुकाइएको बताएको थियो । जुन झण्डै ४ सय ८० बिलियन डलर हो ।

अन्य देशहरुमा स्वीटजरल्याण्ड दोश्रो, सिंगापुर तेश्रो, हङकङ चौथो, लक्जेम्बर्ग पाँचौं, जापान छैठौं, जर्मनी सातौं, युएई आठौं नम्बरमा रहेका छन् ।

सम्पूर्ण सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com