जापानमा एकजनालाई झुक्किएर साढे ३ लाख डलर कोभिड सहायता, सबै रकम जुवामा स्वाहा


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

जापानमा एकजना स्वाथ्यकर्मीलाई झुक्किएर झण्डै साढे ३ लाख अमेरिकी डलर (झण्डै ४६ मिलियन यन) कोभिड सहायता रकम पठाइएको छ । सिंगै टाउनका लागि पठाउनुपर्ने उक्त रकम एउटै व्यक्तिका खातामा गएको हो ।

२४ बर्षका ती व्यक्तिले यसरी आएको रकम फिर्ता गर्नुको साटो अनलाइनबाट जुवा खेलेर सकेको उनका वकिलले बताएका छन् । पश्चिमी जापानको अबुमा पर्ने एउटा टाउनका ती व्यक्तिको खातामा झण्डै ४६ मिलियन यन आएको थियो ।

उनले जम्मा ७७४ डलर मात्र प्राप्त गर्नुपर्ने भएपनि उनको खातामा सिंगै टाउनका बासिन्दालाई दिनुपर्ने रकम गएको हो । उक्त रकम अबुका कम आम्दानी भएका ४६३ परिवारलाई पठाउनुपर्ने थियो ।

तर सुचीको सबैभन्दा माथि नाम भएका ती व्यक्तिका खातामा सबै रकम गएको थियो । रकम पाएको दुईसाताभित्र उनले अनलाइनमा जुवा खेलेर उक्त रकम सकेको दावी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रकम सकिएपछि ती व्यक्तिले उक्त रकम फिर्ता गर्न नसक्ने अवस्थामा रहेको जनाइएको छ । यद्यपी उनले आफूले रकम फिर्ता गर्ने बताएका छन् । अबु टाउनले पनि रकम फिर्ता गराउन माग गर्दै मुद्दा दायर गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com