अमेरिकामा सिनेटको आगामी नोभेम्बरको चुनावमा परिणाम परिवर्तन हुनसक्ने १० सिट


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

अहिलेको अमेरिकी सिनेट पचास पचासमा विभाजित छ । र उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने अधिकारका कारणमात्र सिनेटमा डेमोक्रेटिक पार्टीको झिनो बहुमत कायम रहेको छ । तर नीतिगत बिलहरु पारित गर्न फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएकाले राष्ट्रपति जो बाइडेनका कैयन एजेण्डाहरुले सिनेटमा तगारोको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

कुनै पनि नीतिगत बिलहरु पारित गर्न डेमोक्र्याट्सहरुले १० जना रिपब्लिकन सिनेटरहरुलाई सहमत गराउन जरुरी हुन्छ । तर पार्टी लाइन अनुशार चलेको खण्डमा १० जना सिनेटरहरुको समर्थन जुटाउन निकै मुस्किल हुनेगर्छ । सिनेटमा डेमोक्र्याट्सको झिनो बहुमतका कारण अध्यामगन लगायतका कैयन बिलहरुको भविश्य अन्यौलमा रहेको छ ।

सन् २०२२ को चुनावमा १० वटा सिट उल्टाउनसक्ने पार्टीले फिलिबस्टर बहुमत कायम गर्नसक्छ । तर त्यो सहज भने छैन । त्यसैले विगतमा फरक पार्टीले जीतेको स्थानमा कसरी आफूले जीत हासिल गर्ने भन्ने सन्दर्भमा डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको ध्यान सन् २०२२ को चुनावतिर देखिएको छ ।

पेन्सिभेनिया, जर्जिया, विसकन्सिन, नर्थ क्यारोलिना, एरिजोना, नेभाडा, न्यु ह्याम्पशायर, ओहायो, फ्लोरिडा र मिजौरीमा विगतको भन्दा फरक परिणाम आउनसक्ने सम्भावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिजौरीमा अहिले रिपब्लिकन सिनेटर रोय ब्लण्ड रिटायर्ड हुँदैछन् भने फ्लोरिडामा रिपब्लिकन मार्को रुबियोले सन् २०२२ मा पुन चुनाव लडेदैछन् । ओहायोमा रिपब्लिकन रोब पोर्टम्यान रिटायर्ड हुँदैछन् । त्यस्तै न्यु ह्याम्पशायरमा डेमोक्र्याट्स म्यागी हसन सन् २०२२ मा पुन चुनाव लड्दैछिन् ।

नेभाडामा डेमोक्र्याट्स क्याथरिन कोर्टेज मास्टोले सन् २०२२ मा पुन चुनाव लड्दैछिन् भने एरिजोनामा पनि डेमोक्र्याट्स मार्क केलीले आगामी सिनेटको चुनावमा पुन प्रतिस्पर्धा गर्दैछन् । नर्थ क्यारोलिनामा रिपब्लिकन रिचार्ड ब्लर रिटायर्ड हुँदैछन् भने विसकन्सिमा रिपब्लिकन रोन जन्सनले पुन चुनाव लड्दैछन् ।

जर्जियामा डेमोक्रेटिक राफल वार्नकले आगामी चुनावमा पुन प्रतिस्पर्धा गर्दैछन् । वार्नक रनअफ चुनावमा २ बर्षका लागि सिनेटरका रुपमा निर्वाचित भएका थिए । त्यस्तै पेन्सिलभेनियामा रिपब्लिकन सिनेटर प्याट टोमे रिटायर्ड हुँदैछन् ।

सन् २०२२ मा हुने सिनेटको चुनावमा डेमोक्र्याट्सले फिलिबस्टर कायम गर्नुभन्दा अहिलेको नियन्त्रण पनि गुमाउने सम्भावना बढी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com