न्युयोर्क सिटीमा ट्राफिक नियम पालना गराउने एजेन्टको जागिर खुल्ला, ४१ हजार डलरबाट तलब


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

न्युयोर्क सिटीमा न्युयोर्क प्रहरीले ट्राफिक नियम पालना गराउने एजेन्टको जागिर खुलाएको छ । मे २४ मंगलबारसम्म परीक्षाका लागि आवेदन दिन सकिने उक्त जागिरमा तलबको सुरुवात बार्षिक ४१ हजार ४ सय ९३ डलरबाट सुरु हुनेछ भने अन्य सेवा सुविधाहरु समेत रहेका छन् ।

जागिर खान चाहनेहरुले ट्राफिक नियम पालना गराउने एजेन्टको परीक्षा उत्तिर्ण गर्नुपर्छ । उक्त परीक्षामा सहभागी हुनका लागि ४७ डलर शुल्क तिर्नुपर्छ । आवेदकले विभिन्न ७ योग्यताहरु पूरा गरेको हुनुपर्छ ।

१८ बर्ष उमेर पुगेको, जीईडी वा हाइस्कुलको शिक्षा भएको, कम्तीमा ९० दिनदेखि न्युयोर्क सिटीको बासिन्दा भएको, न्युयोर्क राज्यको चालक अनुमतिपत्र भएको, अमेरिकामा काम गर्न बैध रुपमा अनुमतिप्राप्त भएको योग्यता पूरा भएको हुनुपर्छ । त्यस्तै कोरोनाविरुद्धको भ्याक्सिन लगाएको हुनुपर्छ भने पृष्ठभूमि र लागुऔषध परीक्षण पनि उत्तिर्ण गर्नुपर्छ ।

तलबका अतिरिक्त पेन्सन र ओभरटाइम समेत आम्दानी गर्न सकिनेछ । रुची हुने र योग्यता पुग्ने व्यक्तिले परीक्षामा दर्ता गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com