डडेलधुरा परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

डडेलधुरा  परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याउनुभयो । डायमण्ड विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित हुनुभएको थियो । एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गर्नुभएको छ ।

नगर उपप्रमुखमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कलावती बोहराले चार हजार ५९३ मत ल्याउनुभयो ।

बाह्र वडा रहेको नगरपालिकामा वडा नं १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com