Follow @khasokhasmag

भरतपुरमा अग्रता बढाउँदै रेनु


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले झण्डै एक १३ सय बढी मतान्तरको फराकिलो अग्रता लिएकी छन् ।

२६ हजार १२६ गणना गर्दा रेनुले ९४०५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८०३७ मत पाएका छन् । त्यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेल ४२४८ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १११९६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६५४८ मत पाएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com