भक्तपुर मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

भक्तपुर मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित हुनुभएको हो ।

कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो । एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने उहाँ आफ्नै जेठानसँग पराजित हुनुभयो ।

उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गर्नुभयो ।

मध्यपुरथिमिमा नौवटा वडामध्ये कांग्रेसले १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ । वडाध्यक्षतर्फ मध्यपुरथिमिको वडा नं १ मा कांग्रेसका बाबुकाजी डङ्गोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसकै सानुकाजी राजबाहक विजयी हुनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले बहुमत जनप्रतिनिधि कांग्रेसबाट विजयी भएको भन्दै नगरपालिकाको विकासमा सबैसँग हातेमालो गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधि अगाडि जाने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव सिलवालले मध्यराति १ बजे मध्यपुरथिमि नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com