Follow @khasokhasmag

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन ७ हजार ११४ मतले अगाडि


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् । पछिल्लो पत परिणाम अनुसार बालेन्द्र शाह (बालेन)ले १५ हजार ४०२ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com