स्मार्ट लाइसेन्स : अबको एक साताभित्रै जुनसुकै यातायात कार्यालयमा परीक्षा दिन सकिने


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन एक साताभित्रै खुला गर्ने गरी तयारी गरेको छ । विभागले नयाँ प्रणालीमा आधारित रहेर आवेदन खोल्न लागेको हो ।

नयाँ प्रणालीअन्तर्गत जुनसुकै स्थानमा रहेका मानिसले देशमा रहेका यातायात कार्यालयबाट सेवा लिन सकिने बताइएको छ । प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

नयाँ प्रणाली अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबै काम अनलाइन प्रणालीबाटै गर्न पाउने छन् । यसले यातायात कार्यालयमा भिड कम हुने बताइएका छन् ।

यसको लागू भएपछि आवेदन दिएको ‘१५ दिनमा’ पालो आउने गरी व्यवस्था मिलाउन लागिएको र अनलाइनबाटै शुल्क तिर्न सकिने विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com