न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेपछि हाईअलर्ट जारी, स्वास्थ्य विभागका ६ सुझाव


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यमबाट उच्च पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ ।

झण्डै दुईसाता अगाडिमात्र मध्यम अलर्ट जारी गरिएकोमा कोरोना जोखिम बढेपछि मंगलबार हाइ अलर्ट जारी गरिएको छ । न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी गरिदै आएका छन् । सबैभन्दा कम सामुदायिक फैलावटको जोखिम रहेको अवस्थामा न्यून, मध्यम फैलावटको जोखिम भएको अवस्थामा मध्यम, उच्च जोखिम भएको अवस्थामा उच्च र अति उच्च जोखिम भएको अवस्थामा अति उच्च स्तरसहित अलर्ट जारी गरिन्छ ।

अहिले हाई अलर्ट जारी गरेको अवस्थामा कोरोनाबिरुद्धको भ्याक्सिन र बुस्टर डोज लगाउन सुझाव दिइएको छ । ५ बर्ष र त्यो भन्दा माथिका उमेरका सबैका लागि भ्याक्सिन उपलब्ध रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सबै भित्र र बाहिरका सार्वजनिक स्थलमा मास्क लगाउन भनिएको छ । बाहिरका भींडभाढयुक्त स्थानमा पनि मास्क लगाउन भनिएको छ । सर्जिकल मास्कको माथि कपडाको मास्क लगाउन वा केएन ९५, के एफ ९४, एन ९५ जस्ता उच्च गुणस्तरका मास्क लगाउन सुझाव दिइएको छ । उच्च गुणस्तरका मास्कहरु उच्च जोखिममा रहेका, ६५ बर्ष माथिकाहरु र भ्याक्सिन नलगाएकाहरुका लागि धेरै फाइदाजनक रहेका छन् ।

त्यस्तै भींडभाडयुक्त स्थलमा नजान र अतिरिक्त सावधानीहरु अपनाउन सुझाव दिइएको छ । घरभित्र पनि ठूला जमघटहरु नगर्न र भेटघाटहरु सानो संख्यामा सिमित गर्न सुझाव दिइएको छ ।

लक्षण भएको खण्डमा, संक्रमितको संसर्गमा गएको खण्डमा, यात्रा गरेको खण्डमा र भींडभाडमा गएको खण्डमा कोरोना परीक्षण गराउन सुझाव दिइएको छ । बिरामी भएको खण्डमा घरमै बस्न सुझाव दिइएको छ । त्यस्तै बारम्बार कम्तीमा २० सेकेण्ड साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com