बाइडेन प्रशासनबाट तेश्रोपटक निशुल्क कोरोना परीक्षण किट घरघरमा पठाउन सुरु


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

बाइडेन प्रशासनले सरकारी वेवसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री तेश्रो पटक घरघरमा पठाउन सुरु गरेको छ । सोमबारदेखि कोरोना परीक्षण किट तेश्रो पटक घरघरमा मगाउन सकिने सेवा सुरु गरिएको छ ।

.निशुल्क कोरोना परीक्षण सामाग्री घरमै मगाउन यहाँ क्लीक गर्नुहोला ।

अमेरिकामा एउटा परिवारले अब थप ८ वटा कोरोना परीक्षण किट निशुल्क घरमा मगाउन सक्नेछन् । विगतमा दुई चरणमा एउटा परिवारका लागि ८ वटासम्म कोरोना परीक्षण किट बाइडेन प्रशासनले निशुल्क पठाइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले पहिलोपटक जनवरीमा निशुल्क कोरोना परीक्षण किट अनलाइनबाट अर्डर गर्न सक्ने व्यवस्था गरेको हो । दोश्रो चरणमा मार्चमा यस्तो व्यवस्था गरिएको थियो । अहिलेसम्म झण्डै ३५० मिलियन कोरोना परीक्षण किट घरघरमा पठाइसकिएको छ ।

वेवसाइटमा गएर नाम र ठेगानामात्र हालेपछि कोरोना परीक्षण सामाग्री मगाउन सकिनेछ । अनलाइनबाट अर्डर गरेको ७ देखि १२ दिनभित्र कोरोना परीक्षण सामाग्री घरमा पठाइसकिनेछ ।

यसरी मगाइएका कोरोना परीक्षण सामाग्री अमेरिकाको सरकारी हुलाकले पठाउनेछ । त्यसका लागि सरकारी हुलाक प्रणालीसँग सहकार्य गरिएको छ । इन्टरनेट नभएकाहरुले फोन गरेर पनि कोरोना परीक्षण सामाग्री घरमा मगाउन सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com