एटलान्टामा ४५ बर्ष अघि बालिका बलात्कार र हत्या गरेका व्यक्तिको मृत्युदण्ड स्थगित


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

अमेरिकाको एटलान्टामा ८ बर्षकी कब काउन्टीकी बालिकाको हत्यामा दोषी ठहर भएका व्यक्तिको मृत्युदण्ड अस्थायीरुपमा स्थगित गरिएको छ । झण्डै ४५ बर्ष अगाडि १० बर्षकी बालिकाको बलात्कार र ८ बर्षकी बालिकाको हत्या गरेको ठहर भएपछि ६८ बर्षका भर्जिल डेलानो प्रेस्नेल जुनियरलाई मंगलबार मृत्युदण्ड दिने तय भएको थियो ।

प्रेस्नेलले २२ बर्षको उमेरमा बालिका बलात्कार र हत्या गरेको अदालतले ठहर गरेको छ । प्रेस्नेलका वकिलहरुले माफी दिलाउने प्रयास गरेपनि अदालतले माफीको आग्रह अस्वीकार गरेको थियो । अपमानजनक बाल्यकाल लगायतका कारणले प्रेस्नेलले झण्डै ५ दशक अगाडि अपराध गरेको उनी पक्षका वकिलले तर्क गरेका थिए ।

माफीका विषयमा सोमबार विहान ९ बजे अदालतमा सुनुवाई सुरु भएको थियो । तर झण्डै ९ घण्टापछि क्षमादानबारेको प्यानलले माफी दिन अस्वीकार गरेको थियो । अहिले प्रेस्नेललाई मृत्युदण्ड दिनु कोराना महामारीमा अधिकांश मृत्युदण्ड स्थगित गर्न राज्यले महान्याधिवक्ताको कार्यालयसँग गरेको सम्झौता विपरित हुने तर्क न्यायाधिसले स्वीकार गरेपछि उनको मृत्युदण्ड केही समयका लागि स्थगित भएको छ । प्रेस्नेलका वकिलले मृत्युदण्डको फैसला ३ महिना पछि सार्न स्थगित गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९७६ को मे महिनामा प्रेस्नेलले विद्यालयबाट फर्कदै गरेका दुईजनालाई अपहरण गरेको जनाइएको छ । त्यसपछि १० बर्षकी बालिकाको बलात्कार गर्ने क्रममा ८ बर्षकी बालिका भाग्न खोज्दा हत्या गरेको अदालतको कागजातमा उल्लेख छ । त्यसैबर्षको अन्तिमतिर प्रेस्नेललाई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com