मेयर उम्मेदवार वालेन्द्रको मत ११ हजार नाघ्यो, उपमेयर उम्मेदवार डंगोलको १० हजार बढी


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले ११ हजारभन्दा धेरै मत प्राप्त गरेका छन् । ताजा मत परिणाम अनुसार वालेन्द्रले ११ हजार १३ मत पाएका हुन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापीतले ५ हजार ९ सय ५६ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार २ सय ११ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपमेयर उम्मेदबार सुनिता डंगोलले १० हजार ४ सय ७७ मत ल्याएकी छिन् ।

ललितपुरमा चिरीबाबु महर्जन  ७ हजार ९२० मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका  नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३४७६ मत पाएका छन् ।

वीरगञ्जमा जसपाका राजेशमानले ८ हजार १३१ मत प्राप्त गर्दा नेकपा एमालेका निवर्तमान मेयर विजयकुमार सरावगीले ३ हजार ६२२ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट कांग्रेसका इम्तियाज आलमले ५ हजार ४२३ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादीका पुरुषोत्तमलाल झाले ९१० मत पाएका छन् ।

भरतपुरमा माओवादी केन्द्रकी उम्मेदबार रेनु दाहालले ६२०२ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले ६ हजार १ सय १५ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत पाएका छन् ।

विराटनगर महानगरपालिका मेयरमा कांग्रेसका उम्मेदबार नागेश कोइराला ९ हजार मतसहित अग्रस्थानमा छन् भने एमालेका सागरकुमार थापाले ६ हजार ६६७ मत पाएका छन् ।

पोखरामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदबार धनराज आचार्यले ९४०२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ७९५४ मत ल्याएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com