अमेरिकामा अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध, कस्ले पाउँछ ?


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

अमेरिकाकाले अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि अतिरिक्त एच टु बी भिसाहरु उपलब्ध गराएको घोषणा गरेको हो ।

यी भिसाहरु अप्रिल १ वा सोभन्दा पछि सेप्टेम्बर ३० भन्दा अगाडि थप अस्थायी गैरकृषि कामदारहरु राख्न चाहने रोजगारदाताहरुका लागि उपलब्ध हुनेछन् । गम्भिर प्रकारको कामदार अभाव भएको महत्वपूर्ण अवस्थामा थप अस्थायी गैरकृषि कामदारको माग पूरा गर्न यी अतिरिक्त भिसाहरु फलदायी हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् ।

यी भिसाहरु कामदारको संरक्षणका साथमा उपलब्ध रहेको मेयरकासको भनाई छ । यी भिसाले अमेरिकी कामदार उपलब्ध नभएका कामका लागि विदेशी अस्थायी कामदारहरुलाई सुरक्षित र बैध तरिकाले अमेरिका आएर आम्दानी गर्न मार्गप्रसस्त गर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अतिरिक्त भिसाहरुमध्ये २३ हजार ५ सय भिसा पहिले नै अमेरिका आइसकेकाहरुलाई प्रदान गरिनेछ । विगत ३ बर्षमा अस्थायी गैर कृषि कामदार एच टु बी भिसा पाएका वा एच टु बी स्टाटस स्वीकृत भएकाहरुलाई ती भिसाहरु प्रदान गरिनेछ । बाँकी ११ हजार ५ सय भिसाहरुका लागि एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस र हैटीका नागरिकलाई प्राथमिकता दिइनेछ ।

आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि तोकिएको अर्धवार्षिक ३३ हजार भिसाको कोटा गत फेबु्रअरी २५ मा नै पूरा भएको थियो । अस्थायी गैर कृषि कामदारभिसामा विदेशीहरुलाई अमेरिका ल्याउनका लागि अमेरिकी रोजगारदाताले उक्त कामका लागि अमेरिकामा कामदार नपाएको पुष्टी गर्नुपर्छ ।

यसबारेको सुचना बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुँदैछ । रोजगारदाताले मे १८ बुधबारदेखि नै प्रकृया सुरु गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com