बालेनले पाए १० हजारभन्दा बढी मत,केशव स्थापित झण्डै ५ हजार मतले पछि


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।

आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् । केशव स्थापितले ५ हजार ४५३ र सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com