अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताउनुभएको हो ।

भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई मुलुकमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा कुशल सङ्गठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेको भनिएको छ ।

पुष्पलालले कोर्नुभएको जनवादी क्रान्तिको रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पु¥याउने सङ्कल्प लिएको उल्लेख गरिएको विज्ञप्तिमा दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहङ्कारका विरुद्ध विद्रोह गरेर हामीले पार्टी पुनःगठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेको उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने उद्देश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न अहिले पार्टी लागिपरेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी संरचना र पार्टी आबद्ध जनसङ्ठनहरूलाई सामाजिक–आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्ने तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक–आर्थिक प्रश्न, विकास निर्माण या उत्पादनसँग जोडिएका विषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउने र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्न चाहेको विज्ञप्तिमा भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com