महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन् । विन्दु रावल १२ रनमा आउट हँुदा कविता कुँवरले ११ रन जोडिन् । त्यसैगरी कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ तथा अप्सरी बेगमले १ रन जोडिन् । बलिङमा युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले समान दुई/दुई विकेट लिए भने जनेट एमबाबाजीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् ।

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक÷एक विकेट लिए । यस जीतसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले भोलि युगान्डासँग दोस्रो खेल खेल्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com